साहित्य सदन नेपालको अध्यक्षमा प्रा.डा. हेमनाथ पौडेल निर्वाचित भएका छन् । साहित्य सदनकाे पाँचौँ साधारण सभाले पौडेललाइ अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा मित्रलाल पंज्ञानी, सचिवमा प्रह्लाद पोखरेल, सहसचिवमा कृष्ण सुवेदी , कोषाध्यक्षमा वसन्त रिजाल तथा कार्रकारी सदस्यहरुमा विमल अर्याल, सीता भट्टराई, नवराज चालिसे, मणिराज लामिछाने, डा.गीता त्रिपाठी, केशव सिलवाल, रमेश खनाल, त्रिलोचन आचार्य, माधवलाल श्रेष्ठ, श्याम खतिवडा, सुनीता बुढाथोकी तथा विश्वनाथ तामाङ निर्वाचित भएका छन् ।
अध्यक्षलगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन भएका हुन् । साहित्य सदन नेपालको स्थापना २०४२ सालमा जनस्तरको प्रज्ञा-प्रतिष्ठानका रूपमा भएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला