
समर्पण लामाले भारतको डान्स रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर सिजन ३’को उपाधि जितेका छन् । शनिबार भएको फाइनलमा उनले ट्रफीसहित १५ लाख भारू जितेका हुन् ।
लामासँगै उनका कोरियोग्राफर भावना खन्डुजाले ५ लाख भारू पुरस्कार हात पारेका छन् ।
समर्पणले फानालिस्ट सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाईलाई पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जितेपछि समर्पण भने, ‘मेरो लागि सपना जस्तै हो यो जित्नु । सधैं रियालिटी शो हेर्थे र कुनै दिन म पनि शोमा सहभागी हुन्छु भनेर सोच्थेँ । डान्स रियालिटी शो जित्छु भन्ने चाहिँ कहिल्यै सोचेको थिइनँ ।’
समर्पण चितवनका स्थायी बासिन्दा हुन् । उनका आमा र भाइ चितवनमै बस्छन् भने बुवा रोजगारको सिलसिलामा विदेशिएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
