जयराम बिडारी, प्रोग्रोसिभ एजुकेसनल फोरमको आयोजना तथा ज्ञानदीप शिक्षा सदनको संयोजकत्त्वमा अन्तर-विद्यालय स्तरीय कथा-वाचन सम्पन्न गरिएको छ । गौरीनगर-७ चावहिल अवस्थित ज्ञानदीप क्षिक्षा सदन विद्यालयद्वारा सो अवसरमा कथा-वाचन विधामा उत्कृष्टता हासिल गरेका छात्रछात्रालाई पुरस्कार वितरण तथा सम्मान गरिएको जनाएको छ ।
लुम्बिनी फाउन्डेसनका निर्देशक रविनचन्द्र कोइरालाको प्रमुख आतिथ्यता एवं प्रोग्रेसिभ एजुकेसनल फोरमकी अध्यक्ष तथा ज्ञानदीप शिक्षा सदन विद्यालयकी प्राचार्य एवं समालोचक सीता भट्टराईको सभापतित्वका साथै प्रशिद्ध कथा-वाचक एवं प्रशिक्षक, रेडियोकर्मी अच्युत घिमिरे (बुल्बुल) र नाट्य प्रशिक्षक देव न्यौपानेको निर्णायकत्व, प्रोगेसिभ एजुकेसनल फोरमका सचिव एवं दुर्गा भवानी एकेडेमीका प्राचार्य लम्बोदर घिमिरे, प्रोग्रोसिभ एजुकेसनल फोरमका सदस्य विद्यालयका प्राचार्य तथा निर्देशकहरुको उपस्थितिमा कथा-वाचन प्रतियोगिता सम्पन्न गरिएको थियो ।
प्रोग्रोसिभ एजुकेशनल फोरम (पि.ई. एफ.) अन्तर्गतका दुर्गा भवानी एकेडमी, अनमोल ज्योति, लभ्ली एन्जल्स, न्युमोनिक मोडर्न एकेडमी,मोक्षदा स्कुल,न्युसनसाइन सेकेण्डरी, सेन्ट लरेन्स, मिसन पब्लिक र महान् सिद्धार्थ हाइस्कुल प्रत्येक सदस्य विद्यालयबाट २ जनाका दरले विद्याथीहरूले प्रतिनिधित्व जनाएका थिए ।
सहभागी विद्यार्थीहरूमध्येबाट छात्रतर्फ मोक्षदा स्कुलका निरञ्जन उप्रेती प्रथम, दुर्गा भवानी एकेडेमीका उज्ज्वल गौतम द्वितीय, महान सिद्धार्थ विद्यालयका आशुतोष दुलाल त्रितीय र न्यूमोनिक आधुनिक एकेडेमीका सुवम भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए । त्यस्तै, छात्रातर्फ मोक्षदा विद्यालयकी तपस्या खतिवडा प्रथम, दुर्गा भवानी एकेडेमीकी दिवासना धमला द्वितीय,अनमोल ज्योति विद्यालयकी समीक्षा दाहाल त्रितीयका साथै न्युसनसाइन माध्यमिक विद्यालयकी छात्रा प्रतिमा राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रमुख अतिथिका रूपमा रहेका रविनचन्द्र कोइरालाले समारोहलाई सम्बोधन गर्दै भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाहरूका अन्तर्निहित क्षमतालाई प्रकट गर्नका लागि विद्यालयले बेलाबेलामा आयोजना गर्ने यस्ता कार्यक्रमले यथेष्ट सहयोग पुग्ने बताए ।
यसैक्रममा सभापतिका सीता भट्टराईले बालबालिकाहरुका आन्तरिक क्षमतालाई उजागर गर्नका लागि अतिरिक्त क्रियाकलापको भूमिका महत्त्वपूर्ण रहने बताउँदै पि.ई.एफ अन्तर्गतका सदस्य विद्यालयहरुबीच आन्तरिक रुपमा यस्ता विविध कार्यक्रम गराई क्रियाशील बनाउने निरन्तर प्रयास रहने बताइन् ।
कार्यक्रममा निर्णायकका भूमिकामा रहेका अच्युत घिमिरे ‘बुलबुल‘ले प्रतियोगिताकाे विधि, प्रक्रिया तथा नियमहरूका बारेमा प्रकाश पार्दै विद्यालयकालको आफूले सहभागिता जनाएका प्रतियोगिताको प्रसङ्ग सुनाएका थिए ।
उक्त कार्यक्रममा ज्ञानदीप शिक्षा सदनमा कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान, कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत नृत्यका साथै कक्षा ९ का विद्यार्थी स्वस्तिक ढकालले एकल गीत र कक्षा ७ मा अध्ययनरत विद्यार्थी सिमरन कोइरालाले एकल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई रोचकता प्रदान गरेका थिए ।
शिक्षिका सुशीला बस्नेतले कार्यक्रमलाई सभ्य एवम् भव्य रूपमा सञ्चालन गरेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।