मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले निबन्ध लेखनसम्बन्धी प्रशिक्षण तथा निबन्ध लेखन प्रतियोगिता गरेको छ ।
२९५ औँ साहित्य शृङ्खलाअन्तर्गत बकैया गाउँपालिकाभित्र रहेका मावि तथा आविका १२० छात्रछात्राहरूलाई निबन्ध लेखनसम्बन्धी प्रशिक्षण गरी निबन्ध प्रतियोगिता सम्पन्न गरेकाे संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्थाका संरक्षक रमेशमाेहन अधिकारीले निबन्ध र संस्मरण लेखनका बिषयमा बताउनु हुदै लेखनले ब्यक्तिगत लेखनमा सुधार आउने हुदाँ निरन्तर लेखिरहन आग्रह गर्नुभयो ।
कार्यक्रममा बकैया गाउँपालिका भित्र रहेका ८ वटा विध्यालयबाट सहभागीता रहेकाे थियाे । प्रतियोगितामा ६२ जना सहभागी रहेका थिए । निबन्ध प्रतियोगिताकाे नजिता भने अर्को महिनाकाे कार्यक्रममा सार्वजनिक गरिने संस्थाका सदस्य विजय दाेङले बताउनुभयाे ।
कार्यक्रममा संस्थाका संरक्षक उद्ववप्रसाद सापकोटा, महेन्द्र माविका प्रअ दुर्गा पराजुली,प्रभात माविका सहायक प्रअ कुमार स्याङ्वाे, रञ्जिता सञ्जेल, कृष्णप्रसाद घिमिरे, हरि घिमिरे, हरि दाहाललगायतको आतिथ्यता रहेकाे थियोे ।
निबन्ध प्रतियोगितामा बिध्यार्थी र अनुशासन, मेरो बालापन, नारी शिक्षाकाे महत्त्व मध्ये कुनै एक शीर्षक छानेर निबन्ध लेख्न दिएको संस्थाका सचिव मसान उपासकले बताउनुभयाे ।
निबन्ध लेखनसम्बन्धी प्रशिक्षण मसान उपासक र संस्मरण लेखनसम्बन्धी प्रशिक्षण रमेशमाेहन अधिकारीले दिनुभएको थियाे ।
कार्यक्रम संस्थाका उपाध्यक्ष गायत्री रूपाखेतिकाे सभाध्यक्षता र महेन्द्र माविकाे प्रायाेजनमा सम्पन्न भएको हाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।