वाशु शशि स्मृति परिषद्को आयोजनामा श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण भएकाे छ । परिषद्का अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसाद भट्टराई, राधेश्याम लेकालीलगायतले कृतिको सामूहिक लोकार्पण गरेका हुन् ।

समारोहमा डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको थियो । साहित्यकारहरु डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसाद भट्टराई, राधेश्याम लेकाली, हरि गौतमलगायतले कृतिमाथि आआफ्नो मन्तव्य राखेका थिए ।

साथै, परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य तथा अनुवादक श्याम प्रधानले लेखकीय मन्तव्य राखेका थिए ।

कार्यक्रम कवि एवं सन्चारकर्मी ठाकुर वेकबासेले सञ्चालन गरेका थिए ।

अनुवादकक श्याम प्रधानका यसअघि प्रेमचन्दका उत्कृष्ट कथा, हिनामिना, देवदास, वक्त के घोडे लगायतका अनूदित कृतिहरू प्रकाशित छन् ।