
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई परिचित, क्रियाशील र सशक्त आख्यानकार सानु शर्माको आख्यानात्मक कृति “ती सात दिन” प्राप्त भएकाे छ ।
३ सय ५२ पृष्ठमा फैलिएको यस पुस्तक अट्ठाइस भागमा विभाजित छ ।
प्रथम पुरुष शैलीमा अत्यन्त रोचक र प्रभावपूर्ण लेखन पाइन्छ यसमा । उहाँ सूक्तिमय, मर्मस्पर्शी बिम्बहरूको सिर्जना, सरल, सरस आलङ्कारिक तथा पाठकलाई समवेदनशील बनाउन कलात्मक भाषाशैलीले पुस्तक पठनीय भएको छ ।
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “ती सात दिन सरल शैलीले वर्णन गरिएको गह्रुङ्गो विषयको कथा हो । यसमा बलात्कारजस्तो विषयलाई यसरी वर्णन गरिएको छ कि पाठकहरूलाई त्यसले पुर्याउने क्षति, परिणाम, आघात र पीडा त अनुभूत हुन्छ तर विषयले मनमा विरक्ति र वितृष्णा उक्ज्याउँदैन । यसको कथाले विषयको गहिराइलाई त वर्णन गरेको छ, मित्रता, परिवार र सम्बन्धको सुस्पष्ट व्याख्या पनि गरेको छ । पढ्नमा भन्दा सुन्नमा ज्यादा रुचि राख्ने आजको डिजिटल युगमा युवावर्गले बोलीचालाीमा प्रयोग गर्ने भाषा प्रयोग गरी लेखिएको यो आख्यान एउटा नयाँ प्रयोग पनि हो । अचेल हाम्रो समाजमा युवावर्गद्वारा बोलिन भाषा बहुतायतमा प्रयोग गरिएको यस उपन्यासमा यही जेनरेसनका कुरा छन् । समस्या, समाधान, साथ, सम्बन्ध र सुझबुझबारे एउटा विशेष वर्गको दृष्टिकोणको बारेमा लेखिएको यस आख्यानले सम्बन्धहरूको आयामलाई राम्ररी केलाएको छ ।”
रत्न पुस्तक भण्डारबाट प्रकाशन गरिएको पुस्तकको मूल्य ५ सय ९५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

