
नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसरमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका छन् ।
सो अवसरमा कुलपति राईले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरिएको बताए । उनले प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुर्याउने लक्ष्य राखेको पनि जानकारी दिए ।
प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञान लगायतका पुस्तकहरू राखिएको छ । प्रदर्शनीमा शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा बिक्री गर्ने व्यवस्था गरिएको नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रेस सल्लाहकार तथा प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।
त्यस्तै, साझा प्रकाशनले पनि केन्द्रीय कार्यालय पुलचोक तथा सबै शाखा कार्यलयहरूमा पुस्तक प्रदर्शनी सञ्चालन गरिरहेकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
