साहित्यपोस्टका स्तम्भकार दीपक लोहनीलाई पितृशोक परेको छ ।
लोहनीका पिता शिवशरण लोहनीको आज बिहान निधन भएको हो । बिहान ५ बजेतिर छातीमा सामान्य समस्या देखिएपछि महाराजगञ्जको टिचिङ्ग हस्पिटल पुर्याइएका शिवरमणको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकहरूले शिवरमणलाई हर्टअट्याक भएको अनुमान गरेका छन् ।
उहाँको आजै दाहसंस्कार गरी बालाजु गुम्बास्थित क्रियापुरी भवनको १२ र १३ नम्बर कोठामा काजक्रिया गरिने पारिवारिक स्रोतले जनाएको छ ।
८२ वर्षीय लोहनी नेपालका सुप्रसिद्ध तान्त्रिक ज्योतिष हुनुहुन्थ्यो । दस वर्षअघि पत्नी गुमाउनुभएका उहाँ नेपाल एवं भारतमा चर्चित हुनुहुन्थ्यो ।
शिवरमण साहित्यकारद्वय दीपक लोहनी र मणि लोहनीका बुवाले हुन् । दीपक-मणिले एक समय “दीपकमणि ‘दाजुभाइ'”का नामबाट संयुक्त लेखन पनि गरेका थिए । शिवरमणका साहित्यकारद्वय दीपकमणि ‘दाजुभाइ’सहित ५ जना छोरा रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।