लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको ३० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने भएकाे छ ।

साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिबाट तन्त्र विज्ञानका प्रकाण्ड विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’, प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे तथा कवि एवम् व्यङ्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा ‘सरस्वती सम्मान’ तथा सङ्गीतकार एवम् लोकगायिका झुमा लिम्बुलाई ‘नारायणगोपाल सङ्गीत सम्मान प्रदान गरिने निर्णय गरेको छ ।

विगत २९ वर्षदेखि प्रदान गरिँदै आइएका तीन सम्मानहरू सम्मानित स्रष्टाहरूको नाम घोषणा गर्दै भव्य कार्यक्रमकाे आयोजना गरी हस्तान्तरण गरिने कला मन्दिरले जनाएकाे छ ।