पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित साहित्यकार बलराम पोखरेलको विविध विचारसङ्ग्रह ‘विचारको बिस्कुन’ एक समारोहका बिच लोकार्पण भएकाे छ । प्रमुख अतिथि समाजसेवी लेखनाथ घिमिरे, प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मालगायतका स्रष्टाहरूले कृतिको सामूहिक लोकार्पण गरेको हुन् ।
यस कृतिमा वि.सं २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म हरेक दिन लेखिएका ३६५ दिनका विविध विचार समावेश गरिएका छन् ।
कृति बारे टिप्पणी गर्दै समालोचक भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले दैनिक लेखिएका रचना भए पनि कृतिभित्र लेखकका निजी जीवन केन्द्रित रचनाहरू नरहेको बताए । उनले यसभित्र समाज देश र जीवनका यथार्थहरू कालजयी विचारका रूपमा आएको धारणा व्यक्त गरे ।
साहित्यकारहरू प्रा.डा. मेदिनीप्रसाद शर्मा, कविराज न्यौपाने, प्राज्ञ नारायणप्रसाद आचार्य, गङ्गा सुवेदी, प्रा .डा. हेमसागर रिमाल रविवश पोखरेलले लेखक, पाँच दशकभन्दा बढी समयदेखि साहित्य सिर्जनामा समर्पित रहेकाले यो कृतिमा उहाँका माझिएका विचारहरू प्रभावशाली रूपमा आएको बताए ।
सो अवसरमा लेखक बलराम पोखरेलले कृति सिर्जनाबारे आफ्नो विचार राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कवि मधु पोखरेलले राखेका थिए भने कार्यक्रम सञ्चालन कवि दिङलाली कान्छोले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।