‘डन डाइरेक्टर’का रूिमा परिचित अमनप्रताप अधिकारीले कविताको रियालिटी शो ‘द पोइट आइडल’को दोस्रो संस्करण लिएर आउने भएका छन् । पहिलो संस्करणको सफलतापछि अधिकारी दोस्रो संस्करणको तयारीमा लागेका हुन् ।
दाेस्रो संस्करणका लागि यही हप्ता डिजिटल अडिसन थाल्ने अमनको तयारी छ । एक महिना डिजिटल अडिसनका लागि छुट्याइएकाले सहभागीहरूले आफ्ना कविता तिहारकोसम्ममा पठाइसक्नु पर्नेछ । प्राप्त भएका कवितामध्ये छनोटमा परेका कविहरूलाई काठमाडौँ बोलाइने छ ।
त्यसरी छानिएका कवि तथा कविता छान्ने जिम्मा त्यसपछि भने निर्णायकको हुनेछ । त्यसमध्ये फिजिकल अडिसनबाट १४ जना नेपाली भाषामा कविता लेख्न सक्ने प्रतियोगी छानिने छ । यी सबै प्रक्रिया पहिलाको संस्करणमा झैँ हुनेछ ।
टेलिभिजन प्रसारण भने पुस पहिलो हप्तादेखि प्रारम्भ हुनेछ । हालसम्म कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने निर्णय भइसकेकाे छैन तर कार्यक्रम भने जम्मा ३० एपिसोडमा सक्ने अधिकारीको तयारी रहेको छ ।
कार्यक्रमको युट्युब पार्ट्नर ओएसआर रहने छ भने भोटिङ पार्ट्नर पनि ओएसआर कनेक्ट हुनेछ । यो संस्करणमा मार्केटिङ पार्ट्नर एडी प्याड एक्युजिसन र एएनएस क्रिएसन रहने शोका निर्माता तथा निर्देशक अमनले बताएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।