
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले डा. रामावतार यादव लिखित “मध्ययुगीन मैथिली नाट्य र गीति कृतिहरूको भाषावैज्ञानिक वर्णन-विश्लेषण” नामक पुस्तक प्रकाशित गरेको छ । यस कृतिलाई प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवम् परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षिको सम्पादन गरेका हुन् ।
जर्मनी, बेलायत, अमेरिका, भारत र नेपालबाट समेत अङ्ग्रेजी र मैथिलीमा भाषा-विज्ञानसम्बन्धी अनेकौँ पुस्तक प्रकाशन भइसकेका डा. रामावतार यादवको नेपाली भाषामा प्रकाशित यो पहिलो कृति हो ।
कुल १० अध्यायमा संयोजित उक्त पुस्तकमा मध्ययुगीन (मल्लकालीन) मैथिली पाण्डुलिपिः साङ्ख्यिकी, मध्ययुगीन प्रकाशित ग्रन्थः संक्षिप्त परिचयात्मक टिप्पणी, विश्वका विभिन्न मुलुकमा अद्यतन प्रकाशित (मल्लकालीन/मध्ययुगीन) नाट्यकृतिहरूका संक्षिप्त विवरणात्मक सूची, मध्ययुगीन मैथिलीको भाषावैज्ञानिक वर्णन-विश्लेषण (१६००-१७६९ ई.), राग-तालः शास्त्रीय विवेचना, गीति विधाका प्रकाशित ग्रन्थबाट चयनित गीतहरूमा प्रयुक्त राग-तालको पाठगत वर्णन-विश्लेषण, गीत-सङ्गीतको समग्र गुण वृद्धि/उत्कर्षमा राग-तालको अवदानजस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
