साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार, संस्कृतिविद् मैथिल लोकसंस्कृतिको अध्ययन अनुसन्धानमा सक्रिय समालोचक डा. रामदयाल राकेशकृत नियात्रासङ्ग्रह “स्मृति-दर्पणमा देश-विदेश” प्राप्त भएकाे छ ।
९८ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘आबुधावीमा आनन्द’, ‘अमेरिकाका अनौठो अनुभवहरू’, ‘बर्लिन एक्सप्रेस’, ‘मलेशियाको मोहिनी’, ‘प्रागका प्रियम्बदाहरू’, ‘मेरो तूफानी हवाई दौडाहा’ लगायत अन्य ८ थान नियात्रा सङ्ग्रहित छन् ।
“कहिले संगोष्ठीमा भाग लिन, कहिले पुरस्कार प्राप्त गर्नका लागि र कहिले भ्रमणका लागि मात्र । यस क्रममा जापानको राजधानी टोकियो, कियोटो, फुकुओका र शिकागो मौका पाएँ । पहिलो पल्ट युनेस्कोले आयोजना गरेका शिक्षा सम्बन्धी गोष्ठीमा र अर्को पल्ट व्यक्तिगत भ्रमणमा । यस क्रममा चीनको राजधानी बेइजिङ्ग र संघाई शहरमा बस्ने र हेर्ने अवसर प्राप्त भयो ।” प्राक्कथनमा लेखक लेख्छन्, “मलेशियाको राजधानी क्वालालाम्पुर दुई पल्ट जाने मौका प्राप्त भयो । तर १५-१५ दिन गरेर जम्मा जम्मी एक महिनाको लागि मात्र । संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यको स्यानो तर सुन्दर शहर ब्लुमिग्टनमा छ महिनासम्म बस्ने मौका पाएँ पोस्ट डाक्टरले रिसर्चका लागि । प्रयासमा मेरो सबैभन्दा बढी समय यस शहरमा व्यतीत भयो समुद्रपारि नत्र तीन वर्षसम्म भारतको राजधानी दिल्लीमा विद्यावारिधि उपाधि प्राप्त गर्नका लागि लामो समयसम्म बसेको थिएँ ।”
पुस्तकलाई शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।