राज यात्री लम्साल, युएई । माेरङकाे सुन्दरहरैँचामा गजल महफिल तथा सष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । साइकल राइडर्सकाे आयाेजना तथा सुन्दरहरैँचा कला साहित्य विकास समितिकाे व्यवस्थापनमा गजल महफिलको चौथो शृङ्खला सम्पन्न भएकाे हाे ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घकाे सभाहलमा आयाेजित कार्यक्रममा सष्टा सम्मानसँगै गजलकारद्वारा गजलहरू वाचन गरिएको थियो । गजलका शेरहरूले दर्शकश्रोताहरूमा वाहवाहीले हल गुञ्जायमान भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट करिब २ सय श्रोताहरूको उपस्थित रहेका थिए ।
सम्मानित हुने स्रष्टा विवश बलिभद्र काेइराला (झापा) रहेका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि, काेसी प्रदेश सांसद् ज्ञानेन्द्र सुवेदी, कार्यक्रमका सभापति रामकृष्ण खड्कालगायतले सम्मानपत्र र नगदद्वारा सम्मानित गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदीले साहित्य, कलाक्षेत्रकाे प्रवर्द्धन र विकासमा प्रदेशसभाका तर्फबाट सकेको सहयाेग गर्ने प्रतिबद्वता व्यक्त गरे ।
कार्यक्रममा गजलकारहरू बाबु त्रिपाठी, संगीता थापा, किशाेर काेइराला तथा अनुप भट्टराईले आफ्ना गजलहरू वाचन गरेका थिए ।
कार्यक्रममा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेले यस ठाउँका सक्रिय युवाले साइक्लिङसँगै कला साहित्यलाई जाेड्दै आएकाले यस ठाउँकाे कला साहित्यकाे विकासमा टेवा पुग्ने र अब एक्लै साहित्यको झोला बोकेर हिँड्न नपर्ने आशय व्यक्त गरे ।
गजल महफिल कार्यक्रमकाे सञ्चालन नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे तथा अस्मिता भट्टराईले गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 





