उक्त कार्यक्रममा दुई दर्जनभन्दा बढी सर्जक तथा कलाकारहरूले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए।
सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष मिश्रा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा टीका आत्रेय, मुना आत्रेय, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी, रमेन्द्र कोइराला, केशवजी, किस्मत खतिवडा, अभिमन्यु अभिजित, तारा भट्टराई, बिन्दु ओझा, विनोद थापा, श्याम श्रेष्ठ, राधा भट्टराई, उत्तम पोखरेल, लक्ष्मीनारायण जोशी, मन्जु दाहाल घिमिरे, हरि पराजुली, अर्जुन धमला, कृष्णप्रसाद गौतम, राज भट्टराई, टंक राजबंशी, शोभा कोइरालालगायतले गजल वाचन गरेका थिए ।
गायक चिरञ्जीवी काफ्लेले मोतिराम भट्टको “दुई आँखिभौं तयार छन्” र गायक सञ्जीव धिमालले सुविद गुरागाईँको “प्यारो घाउ एक्लै दुख्नु – नदुखाउनु” बोलको गजल प्रस्तुत गरेका थिए ।
गजल, पत्रकारिता, समीक्षा, काव्य लेखन, जीवनी लेखन आदि विविध क्षेत्रका मानक व्यक्तित्व युवाकवि मोतीराम भट्टका बारे समीक्षक मदनराज बरालले कार्यक्रमको प्रारम्भमा चर्चा गरेका थिए।
श्रीप्रसाद पोखरेलले सञ्चालक गरेको सो कार्यक्रममा अग्रज गजलकार मधु पोखरेलले सञ्चार माध्यमसँग साहित्यिक सहकार्य गरिएकाले कार्यक्रम अब्बल भएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा उपस्थित स्रष्टाहरूलाई डियर कल्याण साहित्य प्रतिष्ठान् सुनसरीका विनोद विवस घिमिरेले स्वागत तथा सगरमाथा साहित्य प्रतिष्ठान् नेपाल शाखाका संरक्षक जिपी तिवारीले सहयोगी शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।