
काठमाडौं । हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नाम रहेको कार्यक्रममा करिब एक दर्जन चर्चित गायक कलाकारको प्रस्तुति रहने छ ।
उक्त कार्यक्रममा गायक/कलाकार प्रकाश सपुत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, लोकगायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तुति रहनेछ ।
कार्यक्रममा गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्यक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका एक दर्जन पुराना कलाकारलाई सम्मान पनि गर्ने भएको छ ।
साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर देव शर्माका अनुसार पाँच गते साँझ पाँचदेखि हुने कार्याक्रमलाई दिनेश डिसीले सञ्चालन गर्ने छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

