साहित्यपाेस्ट
मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कारका लागि चुनिएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ ।
२०७६ सालमा प्रकाशित पुस्तकहरूमध्ये १५१ वटा पुस्तक गुठीमा प्राप्त भएमध्येबाट यी पुस्तक छनोट गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताएका छन् ।
विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धैर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खन्ड १-३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा पुस्तक सूचीमा परेका हुन् ।
प्रायः १० वटाको सूची प्रकाशन गर्ने गुठीको लक्ष्य भए पनि यी सात वटा पुस्तकको सूची प्रकाशन गरिएको हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

कृष्ण ढुङ्गेल
आश्विन ११, सोमबार १८:३१