साहित्यकार शान्ति प्रियवन्दनालाई रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आयोजना गरेको तीज विशेष कार्यक्रमको अवसरमा नगद राशि रु. १० हजार सहितको ‘जागरुक महिला सम्मान – २०८०’ द्वारा सम्मान गरिएकाे छ ।
प्रियवन्दनालाई ५० को दशकदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील रहेर नेपाली भाषा साहित्यको माध्यमबाट महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकामा सो सम्मान प्रदान गरिएको हो ।
शान्ति प्रियवन्दनाको २०७८ मा “जिल खाइरहेको एक्काइसौं शताब्दी” नामक कविता कृति प्रकाशित छ । उक्त कृतिका लागि उनले साहित्यपोस्टले प्रत्येक वर्ष डेब्यु लेखकलाई प्रदान गर्दै आएको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला