अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आव्हान गरेको कविता महोत्सवमा ३ सय १ कविको कविता प्राप्त भएका छन् । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसर पारेर आगामी आइतबार असोज ७ का दिन जूममार्फत आयोजना गरिने उक्त महोत्सवमा दोस्रो चरणमा छानिएका करिव पाँच दर्जन कविले कविता वाचन गर्नेछन् ।
अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार तीनजना निर्णायकले प्रदान गरेको नम्बरका आधारमा प्रथम, दोस्रो र तीनजना लाई तेस्रो पुरस्कार प्रदान गरिने छ । ५ सय, तीन सय र दुई-दुई सय नगद र प्रमाण-पत्र रहेको कविता महोत्सवको यो तेस्रो संस्करण हो ।
अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेका अनुसार अनेसास सचिवालयको बैठकले तीन जना निर्णायक चयन गरिसकिएको छ । कार्यक्रमको दिन निर्णायकहरूलाई सार्वजनिक गरिने छ ।
महासचिव विमला निरौलाले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा भएसकेको र प्रतियोगी कविहरूलाई वाचनका लागि निम्तो पठाउने र नाम सार्वजनिक गर्ने काम भइरहेको बताइन्। पुरस्कार दाताहरूले प्रायजसो पुरस्कारको रकम प्रायोजन गरिदिएकाले केन्द्रलाई आर्थिक सहजता भएको कोषाध्यक्ष निजानन्द मल्लले बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।