नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मान तीन जना स्रष्टालाई प्रदान गरिने भएको छ ।
मोहनलता स्रष्टा सम्मान २०८० बाट इलामेली स्रष्टा विमल वैद्यलाई सम्मान गरिने भएको हो । यो सम्मान १५ हजार रुपैयाँको पुरस्कारसहित प्रदान गरिने जनाइएको छ ।
यसैगरी, दोलखाका सर्जक श्रीबाबु कार्कीलाई ११ हजार रुपैयाँसहितको कविराज स्रष्टा सम्मान प्रदान गरिने जनाइएको छ । यस्तै, झापाकी आरती पोखरेल अनुलाई हेमलता स्रष्टा सम्मानबाट पुरस्कृत गरिने भएको हो । यो सम्मान ११ हजार रुपैयाँसहितको रहेको जनाइएको छ ।
यी पुरस्कारबारे विवश पोखरेल, तुलसीहरि कोइराला र ममता मृदुलसहितको निर्णायक समितिले निर्णय गरेको हो । घोषित पुरस्कार मङ्सिर १ गते विराटनगरमा नारी स्रष्टा दिवसका अवसरमा सर्जकहरूलाई हस्तान्तरण गरिने भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला