गजलकार सुमन कडरियाको गजलसङ्ग्रह `सुमन-सुधा´ सार्वजनिक भएको छ । धावन पार्टी प्यालेस भरतपुरमा आयोजित कार्यक्रममा अग्रज स्रष्टाहरू गोविन्दराज विनोदी, इन्द्र रेग्मी, धनराज गिरी, प्रकाश चापागाईं, गिरीराज डल्लाकोटी, अमला अधिकारी र अम्बिका अम्बिका पोख्रेल कार्कीले कृति विमोचन गरेका हुन् ।

कृतिमाथि टिप्पणी राख्दै समीक्षक गिरीराज डल्लाकोटीले कडरियाले बहर र बेबहर दुबै खाले गजल लेखेको बताए । कडरियाका गजलमा मिश्रित भाव समेटिएको उनले बताए ।

त्यसैगरी, किसान प्रेमी, धनराज गिरी र इन्द्र रेग्मीले पनि गजलकार कडरियालाई शुभकामना दिँदै कृतिको चर्चा गरेका थिए । कार्यक्रममा गजलकार कडरियाले सङ्ग्रहबाट केही गजल बाचन गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा गजलकार अमला अधिकारीले गजल वाचन गरेकी थिइन् । ओम कार्की स्मृति साहित्य प्रतिष्ठानको आयोजना र आधुनिक नेपाली गजल अभियान बागमती प्रदेशको सहआयोजनामा कार्यक्रम गरिएको छ । गजलकार अधिकारीका आश्रम र आरन गरी दुईवटा गजलसङ्ग्रह प्रकाशित छन् ।