राज यात्री लम्साल, युएई । सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको दोस्रो अधिवेशन संस्थाका केन्द्रीय अध्यक्ष अजित क्षेत्रीको अध्यक्षतामा जुम प्रविधिका माध्यमबाट सम्पन्न भएको छ । उक्त बैठकले बुद्धिबल श्रेष्ठ (नेपालगन्ज) लाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ भने भैरवी भूगोल (नुवाकोट) लाई उपाध्यक्ष चयन हुनुभएको छ ।
त्यस्तै गरी, मन्दिरा मधुश्री (काठमाडौं ) महासचिवका रहनुभएको छ भने प्रभात सुवेदी (बर्दिया) सचिवमा चयन हुनुभएको छ । त्यस्तै, टुकादेवी पौडेल आचार्य (तनहुँ) कोषाध्यक्षमा चयन हुनुभएको छ भने सदस्यहरूमा क्रमशः सृष्टि मल्ल (स्याञ्जा), मुना आत्रेय (मोरङ), रुपा थापा (नुवाकोट), सुशीला शर्मा (काठमाडौं), कविराज भट्ट (कञ्चनपुर), ईन्दु नेपाल योञ्जन (सुनसरी), गिरिराज डल्लाकोटी (चितवन) रहनुभएको छ।
नव निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्षलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई माया गर्दै आ-आफ्नो जिम्मेवारीमा कटिबद्ध रही कामकारबाही गर्न गराउन अनुरोध गर्नुभएको भयो ।
सुनिल अधिकारी (काठमाडौँ) र असीम सागर (ललितपुर) सल्लाहकारका रूपमा चयन हुनुभएको छ । त्यसैगरी, जिपी तिवारी (मोरङ) संरक्षकका रहनुभएको जानकारी नेपाल शाखाका प्रमुख तथा कार्यक्रम सञ्चालक अमन एकलले दिनुभएको छ ।
नेपाल शाखाका नव निर्वाचित अध्यक्ष बुद्धिबल श्रेष्ठले छिट्टै भौतिक कार्यक्रम गरी संस्थालाई अझै बलियो बनाउने र विस्तार गर्ने कुरामा प्रतिबद्धता जाहेर गर्नुभएको कुरा प्रवक्ता राजेशराज गड्तौलाले बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विवेक दुलाल क्षेत्री, संस्थापक समर चेम्जोङ आभास (हाल केन्द्रीय संरक्षक), प्रवक्ता राजेशराज गड्तौला, भाषा विभाग प्रमुख जीरन थुलुङ, नेपाल शाखाका संरक्षक जिपी तिवारी, केन्द्रीय कोषाध्यक्ष चन्द्र सम्बाहाम्फे लिम्बु, पूर्व सदस्य राजु भण्डारी, केन्द्रीय सदस्य कृष्ण घिमिरे, केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज राज यात्री लम्साललगायत झण्डै २ दर्जन स्रष्टाहरूको उपस्थिति रहेको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।