१ सय १२ पृष्ठमा फिँजिएकाे यस पुस्तकमा ‘कागज’, ‘शंका’, ‘मूर्दा शान्ति’, ‘उद्याेग’, ‘निन्दा’, ‘प्रत्यभिज्ञा’, ‘हल्ला’, पखेटा’, ‘हतियार’, ‘पैचाे’, ‘तिताे सत्य’, ‘गालीकाे सङ्कट’ लगायत ५२ थान लघुकथा सङ्ग्रहित छन् ।

सरल र सहज भाषाशैलीमा लेखिएका लघुकथाहरूमा समाजकाे वास्तविता झल्केकाे छ । सशक्त पात्रहरूकाे चित्रणले  पुस्तक जीवन्त र पठनीय रहेकाे छ ।

आत्मकथ्यमा लेखक लेख्छन्, “हामीले बाँचिरहेकाे उत्तर आधुनिक समाजकाे भागदाैडकाे समयमा रचिने साहित्य हाे, लघुकथा । अति व्यस्त पढिने साहित्य लघुकथा हाे । व्यस्तताकाे पनि आफ्नै पिडा छ । अहिलेकाे व्यस्त मानिसले पलपलकाे हिसाब गरिरहेकाे हुन्छन् । समयकाे मूल्य खाेजिरहेका हुन्छन् । त्यही समयकाे उपज हाे लघुकथा ।”

‘पैँचाे’ लघुकथामा लेखिएकाे छ –

“लाेग्नेकाे आवाज सुनेर घरभित्र रहेकी स्वास्नीले हत्त न पत्त ढाेका खाेलेर बाहिर आइन् । सबैजनाले एक अर्कालाई हेराहेर गरे । त्यहाँकाे दृश्य देखेर स्वास्नीलाई भाउन्न भयाे । घरभित्र पसेर उनले ड्याम्म ढाेका लगाइन् । सपनामा पनि उप सपना देखिरहेकी स्वास्नी ढाेकाकाे आवाजले ब्युँझिन् । सँगै सुतेकाे लाेग्ने ओछ्यानमा थिएन । दाैडेर ढाेका खाेल्न गइन् । ढाेकामा बाहिरबाट चुकुल लगाएकाे थियाे ।”

भुँडीपुराणबाट प्रकाशित पुस्तककाे मूल्य १ सय ९० रुपियाँ रहेकाे छ ।