यस वर्षकाे ‘नेपाल लिट्रेचर फेस्टिभल’ पुस ६ देखि ९ (२२ डिसेम्बरदेखि २५ डिसेम्बर) सम्म सञ्चालन हुने भएकाे छ । नेपालको नीजि क्षेत्रको अग्रणी प्रकाशन संस्था फाइन प्रिन्टले वर्षेनी गर्दै आएको यो फेस्टिभल सधैँझैँ पोखरामा सम्पन्न हुने भएको हो ।
यस फेस्टिभलमा देश-विदेशका साहित्यकारहरूको पुस्तक हस्ताक्षर समारोह, पुस्तक विमोचन, कवि गोष्ठी, साहित्य र जनजीवनका विविध विषयक सत्रहरू सञ्चालन हुनेछन् । यस फेस्टिभललाई साहित्यकार तथा साहित्यप्रेमीहरूले निकै चासोकासाथ प्रतीक्षा गरिरहेका हुन्छन् ।
कार्यक्रमका सत्रहरूका बारेमा विस्तृत विवरण भने आउने बाँकी छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८१ फाल्गुन १७ ०१:०४
२२ कार्तिक २०८२, शनिबार 






