
नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को चौथो अभ्यास सम्पन्न भएको छ ।
‘विलोम’को उद्देश्य अनुरूप चौथो भेटघाट मूलतः आख्यान विधा अन्तर्गत कथाकारको पहिचान बनाउनुभएकी सशक्त हस्ताक्षर स्रष्टा भागिरथी श्रेष्ठसँग भएको हो ।
लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा चौथो अभ्यास अन्तर्गत स्रष्टा भागिरथी श्रेष्ठसँग झण्डै तीन घण्टा नेपाली लघुकथाको इतिहास देखि लघुकथा के हो र कस्तो हुनुपर्छ , वर्तमानमा लेखनमा देखा परेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उहाँको लघुकथा लेखनका बारेमा पनि विस्तृत कुराकानी भएको थियो ।
लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत चौथो अभ्यास स्रष्टा श्रेष्ठको निवास चपली,काठमाडौमा सम्पन्न भएको हो । यसको पहिलो अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

