उपन्यासकार नीलम कार्की निहारिकाले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेकी छिन् । “योगमाया” उपन्यासका लागि मदन पुरस्कार तथा ‘चीरहरण’ उपन्यासका लागि पद्मश्री पुरस्कार विजेता निहारिकाले विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न भएको जानकारी दिएकी छिन् ।

निहारिकाले ‘सर्वार्थ योगवाणीमा वैदिक दर्शनको प्रभाव’ शीर्षकमा विद्यावारिधि गरेकी हुन् ।

अनुसन्धान निर्देशक प्रा.डा. माधव भट्टराई तथा शोध विशेषज्ञ प्रा.डा. दयाराम श्रेष्ठ तथा प्रा.डा. हरिहरप्रसाद भट्टराईको मातहतमा रहेर उनले विद्यावारिधि पूरा गरेकी हुन् ।

विद्यावारिधि पूरा गर्ने क्रममा पाएको सहयोगका लागि नेसंविका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, डा.बार्वरा निम्री अजिज, डा.चिरञ्जीवी भट्टराई, डा.नारायण चालिसे , डा.रामजी तिमिल्सिना , डा.भाष्कर कुँवर छेत्री , ई.थर्क बहादुर थापा र डा.आरती कार्की तथा नगेन्द्रराज रेग्मीलगायत नेसंविका कर्मचारी वर्गमा आभार व्यक्त गरेकी छिन् ।