लेखक तथा गीतकार विमला हुमगाईँ ‘बोधाश्री’ तीज विशेष गीत ‘रातो बर्कैले’ लिएर आएकी छिन् । हुमगाईँको निर्देशनमा तीज गीत ‘रातो बर्कैले’ बोधा अनलाइन टिभीमार्फत रिलिज गरिएको हो ।

‘रातो बर्कैले’को गीतकार समेत हुमागाईँ नै रहेकी छिन् । त्यस्तै, म्युजिक भिडियोमा उनको अभिनय पनि रहेको छ ।

अभिनयमा हुमागाईँलाई रोशन बिकले साथ दिएका छन् ।

हुमगाईँले लेखेको गीतमा नरहरि प्रेमी र काव्या आचार्यले स्वर भरेका छन् । प्रेमीकै सङ्गीत रहेको यो गीतामा सङ्गीत संयोजन राकेश सोनीको रहेको छ ।

त्यस्तै, वाद्यवाधनमा भने भुवन गन्धारी, पोषन मगर, रत्न बिक, समीर जैरु, हेमन्त कान्छा, सरोज विष्ट, पवन रानाभाटलगायतले साथ दिएका छन् ।