कविडाँडा साहित्य समाज चितवले ‘कविडाँडा साहित्य समाज आख्यान पुरस्कार – २०७९’ का लागि छानिए दस आख्यान कृतिको सूची सार्वजनिक गरेको छ । प्रत्येक वर्ष समाजले उत्कृष्ट एक आख्यान कृतिलाई प्रदान गर्दै आएको यो पुरस्कारका लागि १० कृतिको पहिलो सूची सार्वजनिक गरिएको हो ।

यस सूचीमा जानुका खतिवडाकाे आतोओडा, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवारा, रामलाल जोशीको बाआमा, देवीप्रसाद सुवेदीको मनु, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा, रेणुका जिसीको सनेस र अशोक थापाको सन्तापको धून रहेका छन् ।

समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको छनोटमा परेका दस आख्यानहरूमध्येबाट दोश्रो चरणमा पाँच आख्यानको छनोट हुनेछ | र, अन्तिम चरणमा पुरस्कृत हुने एकमात्र पुस्तकको घोषणा गरिनेछ |’

पुरस्कार राशि रू. १,२५,०००/- (एक लाख पच्चीस हजार रुपियाँ) रहेको छ |