साहित्य कला सङ्गम दमकको आयोजनामा स्व. स्रष्टा नरबहादुर दाहालप्रति श्रद्धाञ्जलीसहित साहित्यकार हेम अधिकारीद्वारा लिखित तीनवटा कृतिहरूको झापाको दमकमा लोकार्पण गरियो ।

५ सेप्टेम्बर सन् १९३७ मा कालेबुुङमा जन्मिएका दाहाल जाति, भाषा, साहित्य र संस्कृतिका समन्वय साधक मानिन्थे । उनको ८६ वर्षको उमेरमा निजी निवास सुकुना (दार्जिलिङ) मा २२ गते शुक्रबार साँझ निधन भएको थियो । साहित्य कला सङ्गमले स्व. नरबहादुर दाहाललाई नगद ३५ हजारसहित भवानी मिश्र पुरस्कार– २०७८ बाट सम्मानित गरेको थियो ।

मेची बहुुउद्देश्य सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा लोकार्पण गरिएका हेम अधिकारीका कृतिहरूमा उत्तरी ध्रुवतिर टहलिँदा नियात्रासङ्ग्रह, जीवनका गौँडागल्छेँडाहरू संस्मरणसङ्ग्रह र क्रियाको रूप विश्लेषण रहेकाछन् ।

कृतिमाथि प्रा.डा.गङ्गाप्रसाद अधिकारी, यज्ञ परिश्रमीलगायतले समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा पुन्यप्रसाद खरेल, राजेन्द्र सङ्ग्रौला, तुलसा अधिकारीलगायतले बोलेका थिए भने खगेन्द्रा खुसी, देवीचरण भण्डारी, बालकलाकार रियाज रिजाललगायतले रचना प्रस्तुत गरेका थिए ।

सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्व, चुडामणि वशिष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सङ्गमका उपाध्यक्ष बिन्दु दाहाल मूूकदर्शकले स्वागत गरेका थिए भने महासचिव दीपक सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।