साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई समाजको यथार्थ चित्रण गर्न सक्ने, अनुसन्धानमूलक लेखनमा रुचि राख्ने लेखक तीर्थ सिग्देलद्वारा लेखिएको अनुसन्धानात्मक कृति “बिर्तामोड उद्भव र विकास” प्राप्त भएकाे छ ।
यसमा औलो र बिफरको प्रकोप, बसाइँसराइ र भूमिपुत्रहरू, बिर्तामोडका सामर्थ्य, राजनीतिक आन्दोलनको मुख्य केन्द्र, बिर्तामोडका प्रमुख पर्यटकीय स्थलहरू, र बिर्तामोड नगरपालिका : एक परिचय, गरी २४ वटा शीर्षकमा बिर्तामोडको आधा शताब्दीको इतिहास उल्लेख गरिएको छ ।
“दिनानुदिन वृद्धि हुँदै गएको बिर्तामोडको सामर्थ्य र शक्तिको पहिचान गर्न अति नै ढिला भइसकेको थियो । मुलुकले पछिल्लो लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली आत्मसात् गरेपश्चात् नेपालमा स्थिरताको युग प्रारम्भ भएको छ । २०७४ सालमा संविधान जारी गरेपश्चात् भएका आम निर्वाचनहरू र त्यसबाट आएको नयाँ नेतृत्वले आफ्नो भूगोलको संरक्षण र संवर्द्धनका लागि लगातार प्रयत्न गरिरहेका छन् । तर विकास भनेको भौतिक मात्र हो भन्ने सोचको अन्त्य नभएसम्म वा मानवीय चेतनाको विकास र ऐतिहासिक धरोहरहरूको संरक्षण गर्नुपर्छ भन्ने नवीन सोचको प्रारम्भ नभएसम्म अझै पनि सही अर्थमा विकास भएको मानिने छैन ।”प्रकाशकीयमा लेखिएको छ, “आधुनिक विश्व र त्यो जनमतले सिर्जना गरेका नयाँ सोच र चिन्तनले ओषत विकासका ढोकाहरू खुल्दै गएको मान्ने सकिन्छ । समयसँगै बदलेऊ, नत्र तिमी सकिने छौ । यो भनाइ नयाँ त होइन, तर सुन्दा नयाँ लाग्छ किनभने समाज द्रुत गतिमा अगाडि बढ्दैछ । प्रविधिले संसारलाई अँगालिसकेको छ र हामी त्यसको पछाडि दौडन बाध्य छौँ ।”
“बिर्ताबजार राणा शासनको जिल्लाकै प्रशासनिक केन्द्र थियो । बिर्ताबजारमा प्रहरी चौकी, माल अड्डा, कचहरी र भूमिसुधारका जिल्ला कार्यालय थिए । त्यो समयमा एउटा गोलघर समेत बनाइएको थियो, जहाँबाट प्रशासन चलेको थियो ।”
“बिर्तामोडले शिक्षा, स्वास्थ्य र व्यवसायको क्षेत्रमा फड्को मारेको छ । बिर्तामोडमा ससाना पसलदेखि ठुलठुला अटोमोबाइल्स, अस्पताल र फाइभस्टार होटलहरूसम्म खुलेका छन् । अहिले यो सहरको रूप फेरिएको छ ।”
मिडिया रिसर्च सेन्टर, बिर्तामोडबाट प्रकाशित, २ सय २० पृष्ठमा फैलिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।