अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारका लागि ९ जना प्रतिभाको घोषणा गरेको छ । नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न पुरस्कारका लागि नाम सिफारिस गर्न गठित समितिको सिफारिसमा ९ जना प्रतिभाको घोषणा गरिएको हो ।

अनेसासले प्रकाशित गरेको विज्ञप्तिअनुसार साहित्यतर्फ अनु शाह (अमेरिका), आचार्य प्रभा (अमेरिका), ज्योति राई (अमेरिका), माया गुरुङ (बेलायत), शान्ता घिमिरे (अमेरिका), रितादेवी प्रधान (अमेरिका) र डा. संगिता स्वेच्छा (बेलायत) लाई नवरत्न पुरस्कारका प्रदान गरिएको छ । त्यस्तै, समाजसेवातर्फ मञ्जु कार्की (अमेरिका ) र काठमाडाैँ महानगरकी उपमेयर सुनिता डङ्गोललाई यो पुरस्कारका प्रदान गरिने छ ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न सम्मानित व्यतित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गरिने छ ।

हालसम्म यो पुरस्कारकाबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।