सूर्य नेपाल कलिङ साहित्य महोत्सवमा सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणाको दोस्रो संस्करणमाथि अन्तरक्रिया सम्पन्न भयो । मदन पुरस्कार विजेता महेश विक्रम शाह, डा. रजनी ढकाल, ज्ञानु अधिकारी र लेखक सुमन वर्षासहित डा. अम्बिका अर्यालले उपन्यासमाथि चर्चा गर्नुभयो ।
शाहले उपन्यासमाथि बोल्दै तीन पुस्ताको विषयमा उपन्यास लेख्न धैर्य र साहस चाहिने बताउनुभयो । साथै उपन्यासले आञ्चलिकताको राम्रो उपयोग गरेको बताउनुभयो ।
डा. रजनी ढकालले उपन्यासमा नारीलाई सहजशिलता र बहादुर दुवै प्रस्तुत गरेको र छोरा नै पाउन पर्ने सामाजिक मानसिकता रहेको कुरा किताबमा शसक्त रुपमा आएको बताउनुभयो ।
ज्ञानु अधिकारीले किताबमा मूख्य पात्रले भोगेको यथार्थ समाजको नजिक रहेको र उपन्यासले नारीको सहनशीलता र समस्यालाई राम्रोसित उतारेको बताउनुभयो । अर्यालले किताबको दोस्रो भागको पर्खाइ कहिलेसम्म हो भन्ने प्रश्न गर्नुभयो । लेखक वर्षाले उपन्यास लेख्न ४ वर्ष लागेको र उपन्यासलाई ग्रामीण महिलाको अवस्थाको सूक्ष्म चिण गर्ने कोसिस गरेको बताउनुभयो ।
शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ५२५।– रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।