काठमाडौँ । अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’ विमोचन भएको छ । कलिङ साहित्यिक महोत्सवका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहका बिच पुस्तकको विमोचन भएको हो ।
उक्त विशेष समारोहमा प्रसिद्ध लेखक प्रा. बिना पौडेल, लेखक एवम् संस्कृतिविद् जगमान गुरुङ, भारतीय अर्थशास्त्री प्रसिद्ध लेखक डा. विवेक देवरोंय, कमलकान्त दासले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
भारतीय सेनामा कार्यरत रहँदाका विविध आरोह अवरोहलाई यादहरूमा सँगालेर कृति तयार पारिएको छ । कृतिमा विगतका घटनाहरूको स्मरण मात्र छैन ती घटनाले हृदयमा जन्माएको भावमाथिको दार्शनिक लेपन कृतिमा समेटिएको छ । यो उनको दोस्रो कृति हो ।
यसभन्दा अगाडि २०७८ सालमा उनको ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला