यु.ए.ई, राज यात्री लम्साल ।।

साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रसारण हुँदैआएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना”ले ५० औं श्रृङ्खला पुगेको अवसरमा “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न गरेकाे छ । २७ अगस्ट २०२३ मा Wescott Hotel, वरदुबईमा तीन जना स्रष्टालाई सम्मान गर्दै “साहित्यवार्ता : स्रष्टा र सिर्जना”ले उक्त कार्यक्रम सम्पन्न गरेको हाे ।

साहित्यवार्ता कार्यक्रमको ५० औं श्रृङ्खलामा विशिष्ट अतिथिका रुपमा आमन्त्रित पाहुना, संस्कृतिविद् तुलसी दिवसलाई नगद राशिसहित ‘साहित्यवार्ता विशिष्ट स्रष्टा सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी, कार्यक्रमले साहित्यपोस्टका प्रधान सम्पादक तथा चर्चित लेखक अश्विनी कोइराला र चर्चित गायक राज सिग्देललाई ‘साहित्यवार्ता स्रष्टा सम्मान’बाट सम्मान गरेको थियो ।

कार्यक्रममा संस्कृतिविद् तुलसी दिवसका कविताहरुमा दर्शकहरुबाट वाहवाही पाएका थिए भने प्रधान सम्पादक अश्विनी कोइरालाले परदेशमा रहेर पनि नेपाली साहित्यको श्री वृद्धिमा यहाँका संघ संस्थाहरुले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्नुभएको थियो । त्यस्तै, अतिथि गजलकार इन्दिरा अधिकारीले झण्डै एक दर्जन गजलहरु सुनाएर मन्त्र मुग्ध पार्नुभएको थियो ।

एनअारएनए (ICC) अध्यक्ष पासाङ शेर्पा प्रमुख अतिथिमा रहनुभएकाे उक्त कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक, कवि तथा चित्रकार जीवित खड्का मगरले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख व्यवस्थापक दिपराज नेयोङ्हाङले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । गायिका मुना पाख्रिनले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन साहित्यपोस्टका युरोप संयोजकसमेत रहनुभएका कवि डिजी शर्माले गर्नुभएको थियो ।

सोही समारोहमा साहित्यवार्ता : स्रष्टा र सिर्जना कार्यक्रममा भाषा सम्पादकका रुपमा रहनुभएका कवि/पत्रकार राजेन्द्र तारकिणी, स्रटा परिचयमा स्वाराङ्गकन गर्दै आउनुभएकी मुना पाख्रिन र प्राविधिक राज सिटौला तथा सहयोगी संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, अन्तराष्ट्रिय नेपाली समाज युएईकी उपाध्यक्ष तथा सामाजिक अभियन्ता सोनी भण्डारी तथा राज यात्री लम्सालले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवस, साहित्यपोस्टका प्रधानसम्पादक आश्विनी कोइराला,गायक राज सिग्देल तथा गजलकार इन्दिरा अधिकारिलाई दोसल्ला र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सोनी भण्डारी,ओम कुमारी खाँड,आदित्य राज,चन्द्र श्रमिक,सुनिल पराजुली,निमेष गिरीलगायतका स्रष्टाहरुले कार्यक्रममा प्रत्यक्ष सिर्जना वाचन गरी कार्यक्रमको शोभा बढाउनुभएको थियो भने सुगम संगीतका चर्चित गायक राज सिग्देलका गीत तथा गजलहरुले रातलाई आनन्दित पारिरहेका थिए ।

कार्यक्रममा लामो समयदेखि युएईमा साहित्यिक हातेमालो गर्दै आइरहेका सहयोगी संस्थाहरु सगरमाथा साहित्य प्रतिष्ठान (युएई), सिर्जना वाचन डबलि (युएई), अन्तरास्ट्रिय नेपाली समाज (युएई), झापाली समाज (युएई) लाई प्रशंसा पत्र तथा मायाको चिनो प्रमुख अतिथी पासाङ शेर्पाबाट प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा साहित्यपोस्टका प्रधान सम्पादक आश्विनी कोइरालाको हातबाट कवि/चित्रकार जीवित खड्का मगर, कवि/गायक दीपराज नेयोङ्हाङ, गजलकार राज यात्री लम्साल, गजलकार इन्दिरा अधिकारी र अन्तर्राष्ट्रिय नेपाली समाज उपाध्यक्ष सोनी भण्डारीलाई आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

त्यसैगरी, झापाली समाज युएईका अध्यक्ष अमर राई, गजलकार/व्यवसायी जे सागर, तनहुँ सेवा समाज युएईका महासचिव सुरेन भुजेल, पथरी सेवा समाज युएईका सदस्य विजय लिम्बू र सगरमाथा साहित्य प्रतिष्ठान युएईबाट राज यात्री लम्सालले शुभ कामना मन्तव्य राख्नुभएको थियो ।

अन्त्यमा, कार्यक्रमका सभापति जीवित खड्का मगरले सबैको साथ र सहयोगले गर्दा भव्य र सभ्य कार्यक्रम गर्न सफल भएकाे बताउनु भयाे । साहित्यपोस्ट ‘साहित्यवार्ता : स्रष्टा र सिर्जना” कार्यक्रमले प्रत्येक पचासौं श्रृङ्खलामा यस्तै कार्यक्रम गर्दै जाने जानकारी गराउँदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सफल बनाउन साथसहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँले कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।

कार्यक्रम स्थानीय समयअनुसार दिउँसो १ बजेदेखि सुरु भएर रातको १०:३० बजेसम्म चलेको थियो ।

कार्यक्रमका अतिथि महानुभावहरुकाे नामावली:

१) भीम मल्ल ठकुरी : उपाध्यक्ष, NRNA, UAE
२)मेघ प्रसाद धमला : अध्यक्ष, अन्तराष्ट्रिय नेपाली समाज, युएई ।
३) शिशिर थापा : गायक/सङ्गीतकार
४) बेद प्रसाद अर्याल : अध्यक्ष, नेपाली समाज, युएई ।
५) अशोक चापागाईं : पूर्व अध्यक्ष, झापाली समाज युएई ।
६) सरु शीतल राई : उपाध्यक्ष, सगरमाथा साहित्य प्रतिष्ठान, युएई ।
७) जिरन थुलुङ (भाषा तथा साहित्य बिभाग प्रमुख, सगरमाथा साहित्य प्रतिस्ठान)
८)डिके किराँती(कला तथा संकृती बिभाग प्रमुख सगरमाथा साहित्य प्रतिष्ठान)
९) दिपक खड्का : सदस्य, NRNA, ICC
१०) खेमराज बस्नेत : सदस्य NRNA, ICC
११) एकेन्द्र बहादुर थापा : नमस्ते ट्राभल एण्ड टुरिजम
१२) उत्तम बस्नेत : ime , मनि ट्रान्सफर युएई प्रमुख
१३) टक गुरुङ : सिर्जना वाचन डबली संरक्षक
१४) MD बोहोरा: अध्यक्ष, अन्तराष्ट्रिय नेपाली कलाकार समाज युएई
१५) श्री भवानी नेपाल: व्यावसायी (घान्तुत नेपाली रेस्टुरेन्ट )

कार्यक्रममा प्रायोजकका रुपमा रहनुभएका संघसंस्थाहरु:

१) राजेश श्रेष्ठ : Green Trips Travel & Tourism , Abudhabi
२) ससुराली रेस्टुरेन्ट अबुधाबी, युएई – कविता RBM
३) Triratna General Maintainance & Decor, Abudhabi (भुपेन्द्र लामा)
४) Wescott Hotel, Dubai, UAE (मेनेजर – टीका अधिकारी)
५) कान्तिपुर ट्राभल एण्ड टुरिजम – सन्दिप खड्का
६) Globalize Travel & Tourism, Abudhabi (श्रेय अधिकारी )
७) Green Nepal Travel & Tourim, Abudhabi – पूर्ण ओली
८) IME मनि ट्रान्सफर युएई – उत्तम बस्नेत
९) कञ्चनजङ्घा रेस्टुरेन्ट अबुधाबी – पासाङ शेर्पा
१०) नेपाली चुह्लो अबुधाबी – भीम श्रेष्ठ
११) भान्सा घर रेस्टुरेन्ट, अबुधाबी – रमेश उप्रेती
१२) सिटि एक्स्प्रेस मनि ट्रान्सफर युएई – प्रश्न पराजुली
१३) हिमालयन रेस्टुरेन्ट अबुधाबी – अमिर लिम्बू
१४) सयपत्री स्टार रेस्टुरेन्ट दुबई – कूल लेप्चा
१५) घान्तूत स्टार रेस्टुरेन्ट दुबई – जे सागर