पद्मकन्या बहुमुखी क्याम्पस बागबजार काठमाडौँमा संस्कृत, पत्रकारिता र हिन्दी विभागको आयोजनामा विश्व संस्कृत दिवस भव्य रूपमा मनाइयो । विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
डा. सुबोध शुक्लाले स्वागत गरेपछि वक्ताहरू संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख उपप्रा ज्ञाननिष्ठ ज्ञवाली, डा. काशीनाथ न्यौपाने, प्रा धनप्रसाद पण्डित, डा. सनतकुमार वस्ती , जापानबाट संस्कृत अध्ययन गर्न आउनुभएकी छात्रा युसेको मोतेकीलगायतले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले संस्कृत भाषाको महत्त्व र मूलतः संस्कृत साहित्यको बारेमा समेत चर्चा गर्नुभएको थियो । संस्कृत साहित्यका महाकवि कालिदासको उपमा कौशल र संस्कृत काव्यशास्त्रीय परम्पराको समेत व्याख्या गरिएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला