नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको आयोजनामा ३२ औं नेपाली भाषा मान्यता स्मृति दिवस कालिम्पोङको प्रतिष्ठित रामकृष्ण रङ्गमञ्च (टाउन हल) मा भव्यतासँग सम्पन्न भएकाे छ ।

यस समारोहका सभापति श्री ज्ञान सुतार, मुख्य अतिथि श्रीमती रेणुलिना सुब्बा, अतिथी छन्दभूषण थापा, भाषा संग्रामी श्री कुमार छेत्री आदि रहेका थिए । कार्यक्रममा स्वागत वक्तव्यका क्रममा सचिव श्री बलभद्र शर्माले भने, ‘हाम्रो स्थानीय जिटिए, नगरपालिका आदिले नेपाली भाषाको प्रयोग गर्न उदासीन रहेको, पहाडमा बङ्ला भाषा लाद्न खोजेको छ, यसबारे पहाडका आमजनता सचेत हुनुपर्छ, हामी आफैं हाम्रो भाषा प्रयोग गरुँ, सरकारी र निजी विद्यालयमा नेपाली भाषा पहिलो वा दोस्रो भाषाका रूपमा पढाउन पर्छ । कालेबुङको टाउन हल हामी जनताको सम्पत्ति हो तर अहिले प्रशासनले चलाउँदै गरेको छ र रामकृष्ण शर्माको शालिक राखेर पूरा नाम रामकृष्ण शर्मा रङ्गमञ्च साइनबोर्ड हुनुपर्छ ।’

उनले नेपाली भाषाको समुन्नतिका लागी हाम्रा सांसद विधायक, सभासद नगरपालिका आदि सबैको सहयोग समर्थन आफ्नो वार्तामा प्रा. सञ्जय बिष्टले भाषा प्रयोगबारे सारगर्भित विचार प्रस्तुत गरे । उनले संयुक्त वर्णका समस्या र विवादबारे बोल्दै वर्णविन्यासमा समुचित विकास पनि आफ्नो अभिमत प्रस्तुत गरे।

कार्यक्रममा लोकगीत गायन प्रतियोगिता पनि खुबै रोचकका साथ सम्पन्न भयो । यसैगरी महेन्द्र बागदास र मदन भुजेलले एकाङ्की नाट्क ‘कल्पनामा भानुबाजे’ पनि खुबै रोचक ढुङ्गमा प्रस्तुत गरे । नाटकमा आज पहाडमा गोर्खालीको अस्तित्वमाथी चिन्ता व्यक्त गरिएको मूल विषय थियो ।

मुख्य अतिथी रेणुलिना सुब्बाले भाषाको महत्त्वबारे प्रकाश पारिन् । सभापति श्री सुतारले पनि भाषाभित्र जातीय अस्तित्व गाँसिएको कुरा व्यक्त गरे ।

नेपाली लोकगीत प्रतियोगितामा प्रणामी बालिका विद्या मन्दिरकी पुजा प्रसाद र उनको टोली प्रथम, सुगम थापा शंकर उच्चत्तर माध्यमिक विद्यालयका दोस्रो र मन्सोङका एक प्रतियोगी तृतीय भए । रकभेल स्कुलको टोलीले सान्त्वना पुरस्कार पाउन सफल भए ।