लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८० का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।
स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रञ्जना निरौलाको अनुभूतिको अवतरण, सिम्रन क्षेत्रीको झुमर, डा. दामोदर पुडासैनी किशोरको डोल्पो ओ डोल्पो, रमेश क्षितिजको पर्वत पर्वतमा बटुवा घाम, सन्तोष श्रेष्ठको फरैना, रामलाल जोशीको बाआमा, प्रोल्लास सिन्धुलीयको भग्न भैरव, युवराज नयाँघरेको याकजी, डा. विदुर चालिसेको लघुकथालय र अशोक थापाको सन्तापको धून परेको विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त १४५ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।
सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार २०८० प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि रु. ५० हजार रहेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट भाद्र २०, बुधबार २२:०७
‘बाआमा’ले हात पार्यो लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार
साहित्यपोस्ट श्रावण २६, बिहीबार २०:५५