अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘अनेसास कविता महोत्सव २०२३’ का लागि कविता आव्हान गरेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर गरिने कविता महोत्सवका लागि अनेसासले कविता आव्हान गरेको हो ।

अनेसासले जारी गरेको सूचनाअनुसार महोत्सवमा प्रथम हुने कविताका सर्जकले ५ सय अमेरिकी डलरका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने कविले ३ सय अमेरिकी डलरका साथमा प्रमाणपत्र पाउने छन् । त्यस्तै, तृतीय पुरस्कारस्वरूप ३ जना कविले प्रतिव्यक्ति २ सय डलरका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कविता पठाउने अन्तिम मिति सेम्टेम्बर १५, २०२३ (भदौ २८, २०८०) सम्म रहेको छ । महोत्सवमा सहभागिता जनाउन इच्छुक कविता मेलमार्फत् inlspoemcontest2023@gmail.com मा आफ्नो कविता पठाउनु पर्नेछ ।