भारतीय राजदूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत साहित्य महोत्सव’अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायधीश श्री गिरीशचन्द्र लालले बी.पी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन गर्नुभयो । सम्बोधनका क्रममा प्रमुख अतिथि गिरीशचन्द्र लालले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा साझा संस्कृति तथा दुवै देशको भाषाको महत्त्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेपालका वरिष्ठ कविद्वय स्नेह सायमि र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनूदित कवितासङ्ग्रह ‘उजाले के रंग’ र स्नेह सायमिको नेपाली कवितासङ्ग्रह ‘चश्मा र आँखाको वार्ता’बारे चर्चा भयो।
सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दिप्ती, प्रतिष्ठित कवि श्री विधान आचार्य र वरिष्ठ साहित्यकार डा. रामदयाल राकेशले आ–आफ्नो विचार राख्नुभयो ।
कार्यक्रममा धेरै सङ्ख्यामा लेखक, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीको उपस्थिति थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।