यश्वस्वी प्रज्ञा प्रतिष्ठानले २०७९ सालमा प्रकाशित विभिन्न विधाका १० पुस्तकलाई “यश्वस्वी पुस्तक अवार्ड” प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिअनुसार नेपाली भाषाका ८ आख्यानमा विवेक ओझाको “ऐंठन”, गैरआख्यानमा डा. नवराज केसीको “शून्यको मूल्य”, कथामा रेणुका जिसीको “सनेस”, कवितामा डा. महेन्द्रकुमार मल्लको “भाषाको बकपत्र”, जीवनीमा गोविन्द गिरी प्रेरणाको “सुश्री पारिजात”, बालसाहित्यमा अनुराधाको “छमछमको छमछमी”, अनुवादमाा रिमा केसीको “अमृता प्रितमका छानिएका कविताहरू”, खाद्य तथा औषधीमा नारायण घिमिरेको “रैथाने चाडबाड र खानपान” रहेका छन् ।

त्यसैगरी अङ्ग्रेजी भाषाको संस्मरण लाक्पा डेण्डी शेर्पाको “हिमालयन मेवरिक” तथा सुशान्त थापाको कविता सङ्ग्रह “मिनट्स अफ मेरिट” रहेका छन् ।

विज्ञप्तिमा जनाइएअनुसार यी अवार्डहरू आगामी भदौ १५ गते कलिङ्ग साहित्य महोत्सवका अवसरमा समर्पण गरिनेछ ।