आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्नो २९ औं उपन्यास ‘जडाउरी’ प्रकाशनमा ल्याएका छन् । सूत्रकथा लेखनका अग्रज स्रष्टासमेत रहेका गौतमले शिखा बुक्स्बाट प्रकाशित ‘जडाउरी’मा सूत्र कथाको विस्तारित रुपको झल्को दिएका छन् ।
आख्यानकार गौतमले उपन्यासमै मदन पुरस्कार (अलिखित, २०४०) र साझा पुरस्कार (२०५७, तथाकथित) पाएका थिए ।
२०२४ सालमा ‘अन्त्यपछि’ उपन्यास लेखेर आख्यान जगतमा प्रवेश गरेका ८० वर्षीय गौतमका ‘कट्टेल सरको चोटपटक’, ‘निमित्त नायक’, ‘अप्रिय’, ‘एक सहरमा एक कोठा’, ‘सातो’लगायतका उपन्यास चर्चित छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला