
साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई लघुकथा उन्नयन, विकास र विस्तारमा सफल हुनुभएका लता केसीकृत तेस्रो लघुकथा सङ्ग्रह “सफलता” प्राप्त भएकाे छ ।
यसमा ‘कदम’, ‘दोष’, ‘कमजोरी’, ‘चेली’, ‘खेल’, ‘अनुरोध’, ‘हल्लैहल्ला’ लगायत ६१ लघुकथा सङ्ग्रहित छन् ।
भूमिकामा प्राडा कपिल लामिछाने लेख्छन्, “लता केसीका यी लघुकथा समकालीन यथार्थका उपज हुन् । यहाँ कोरा कल्पना छैन । जीवनमा देखेसुने र भोगेका कुरालाई टप्प टिपेर उनले त्यसलाई साधारणीकरण गरी लघु आख्यानको रूप दिएकी छन् । यिनमा वस्तु वा जीवन र जगतलाई हेर्ने दृष्टिकोण यथार्थपरक छ । आज साहित्यमा कोही पनि आदर्श वा उपदेश सुन्न चाहँदैन । यो पाठकीय अपेक्षाको यहाँ पूर्ण सम्मान भएको छ । फेरि पनि यहाँ यथार्थका नाममा अशिष्टता र अशोभनीयता छैन । यिनले सामाजिक रूपान्तरणको बाटो देखाएका छन् ।”
डा. शेखरकुमार श्रेष्ठ लेख्छन्, “यसमा विद्रोहका विषय कम छन् भने मेलमिलापका कुरा बढी छन् । व्यक्तिगत, पारिवारिक जीवनका धोका, छल र रोषका विषय पनि यसमा छन् । अधिकांश व्यक्तिगत र पारिवारिक विषयका घटनाले स्थान पाएको यस सङ्ग्रहका कथामा नारीको चलाखी, बुझाइमा अपरिपक्वता, ज्येष्ठ नागरिकप्रति सन्तानको कमजोर, सहयोग, बेरोजगारी समस्याले पारेको प्रभावलाई विषय बनाइएको देखिन्छ ।”
पुस्तकलाई हाम्रो लघुकथा केन्द्रले प्रकाशन गरेको हो । ९२ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
