साहित्यपोस्ट
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जात–जातिका उत्पत्तिकथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको हो ।

“प्रत्येक जात–जातिका सृष्टिका आ–आफ्नै कथा छन् । तिनलाई खोज, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्न लागिएको हो ।” बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले साहित्यपोस्टलाई बताए । उनले नेपालका सातै प्रदेशमा बसोबास गर्ने विभिन्न जात–जातिका सृष्टिका कथा खोज तथा सङ्कलन गरेर प्रकाशन गर्ने निणय गरिएको जानकारी समेत दिए ।

प्राज्ञ डा. नेपालका अनुसार साउन १४ गते बुधबारका दिन बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न भएका कामको जानकारी, मूल्याङ्कन तथा समीक्षा गरिनुका साथै आगामी आ.व.का योजनाका बारेमा छलफल गरी विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको थियो ।