५४ वर्षदेखि लगातार प्रकाशन हुँदै आएको अभिव्यक्तिको दुई महिने पत्रिकाको नयाँ अङ्क प्रकाशन भएको छ ।

नगेन्द्रराज शर्मा संस्थापक तथा संरक्षक रहनुभएको उक्त पत्रिकाको नयाँ अङ्कमा कन्हैयाँ नासननी, निर्मलकुमार आचार्य, शंकर राई, डा.श्यामप्रसाद न्यौपाने, कपिल लामिछानेका आख्यान प्रकाशित भएका छन् ।

पवन आलोकको सम्पादनमा प्रकाशित उक्त पत्रिकाको नयाँ अङ्कमा कृष्ण प्रधान, शीतल गिरी, विनोद नेपाल, डा. गोपाल भण्डारीका गैरआख्यान प्रकाशित छन् ।

देविका तिमिल्सिना कार्याकारी सम्पादक रहनुभएको उक्त पत्रिकाको नयाँ अङ्कमा मदन रेग्मी, निर्मोही व्यास, त्रिभुवनचन्द्र वाग्ले, विश्व सिग्देल, मधुर भट्टराई, लक्ष्मी स्मृति, निर्मलरमण पराजुली, भूमिका खनाल, श्रीरेन्द्र पोखरेल, डा.बलराम गौतम, डा.बमबहादुर जिताली र सुभाषचन्द्र पौडेल भीमफेदीयाका काव्यात्मक रचनाहरू छापिएका छन् ।

प्रणयराज घिमिरे र ओपलराज घिमिरेको सम्पादकत्वमा प्रकाशित उक्त पत्रिकाको नयाँ अङ्कमा पिँडालु पण्डितको हाँस्यव्यङ्ग्य, देविका तिमिल्सिनाको अभिव्यक्ति साक्षात्कार, यायावरको जमघटहरूबाट प्रकाशित छन् ।

पत्रिकाको सल्लाहकार सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ रहनुभएको छ ।