कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले साहित्यकार बालकृष्ण भट्टराईलाई ‘लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार २०८०’ प्रदान गरेको छ । प्रतिष्ठानले एक समारोहको आयोजना गरी साहित्यकार भट्टराई निवासमै पुगेर १५ हजार नगद राशिको पुरस्कार प्रदान गरेको हो ।
उक्त अवसरमा प्रतिष्ठानका सल्लाहकारद्वय डा. मोदनाथ प्रश्रित तथा अर्जुन ज्ञवालीलाई समेत सम्मान गरिएको थियो ।
कवि लेखनाथ ज्ञवालीको तेह्रौँ स्मृति दिवसका अवसरमा गत ११ गते रूपन्देहीको शङ्करनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कारको घोषणा गरिएको थियो । सोही पुरस्कार साहित्यकार भट्टराईलाई निवासै पुगेर प्रदान गरिएको हो ।
साहित्यकार प्रा.डा. कपिल लामिछानेले नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरू मोदनाथ प्रश्रित, विशिष्ट प्रतिभा बालकृष्ण भट्टराई तथा अर्जुन ज्ञवालीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
श्रावण २९, सोमबार १३:४०