साहित्यकार राजेन्द्र गुरागाईँको गीतिसङ्ग्रह शब्दहार विमोचित भएको छ । काठमाडौंमा आयोजित एक समारोहका बिच उक्त कृतिको विमोचन गरिएको हो ।
समारोहका प्रमुख अतिथि कवि विष्णुविभु घिमिरेले कृतिकार गुरागाईँ कुशल अनुवादक हुनुका साथै स्वादिला गीत कविता लेख्न सिपालु कवि भएको बताउनुभयो ।
साहित्यकार प्रमोद प्रधानले गुरागाईका रचनामा राष्ट्रभक्तिका स्वरहरु कलात्मका रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।
सो पुस्तकको प्रकाशक संस्था प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले कृतिकार गुरागाईँका रचनाभित्र कलापक्ष प्रचूर मात्रामा रहेको कुरा बिराटनगरबाट आफ्नो शुभकामना मन्तव्यमार्फत व्यक्त गर्नुभयो ।
कवि राधिका गुरागाईँ, कवि विमुश पौडेल तथा कृतिकार राजेन्द्र गुरागाईँले कृतिभित्रका केही गीतहरु वाचन गर्नुभएको थियो । समारोहमा साहित्यकारहरु राधेश्याम लेकाली तथा शान्तिमाया गिरीले मन्तव्य प्रकट गर्नुभएको थियो
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित सो सभा उक्त प्रतिष्ठानका अध्यक्ष ऋषभ घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सो संस्थाका महासचिव मधु पाठकले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।