मुक्तक मञ्च मकवानपुरको आयोजनामा संयुक्त मुक्तक वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ ।

मुक्तक मञ्चको ११ औँ विशेष शृङ्खलामा मुक्तककारद्वय सानु खनाल र मिथिला अधिकारीले आफ्ना दस/दस वटा गहकिला मुक्तकहरू वाचन गर्नुभएको थियो ।

स्थानीय मुक्तककारहरू हेमन्त ढुङ्गेल,ओमभक्त भण्डारी, समीर पाख्रिन, देवराज तिवारी, सुवास सजल, केशव समर्पण, चिरञ्जीवी लामिछाने, रजनी पौडेल, वैकुण्ठ लामिछाने ,सुवास सजल ,सागर तिमल्सिनाले आफ्ना दुई/दुई मुक्तक वाचन गरेर मुक्तक वाचनको रौनकलाई थप आकर्षक बनाउनु भएको थियो ।

तुलसी घिमिरेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको सभाध्यक्ष मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बि. बर्तौलाले गर्नुभएको थियो भने कार्यक्रममा मञ्चका उपाध्यक्ष किशन पौडेलले स्वागत मन्तव्य राख्दै दुई मुक्तक वाचन गर्नुभएको थियो।

सम्पूर्ण साहित्यिक संस्थाको तर्फबाट सर्जक सञ्जाल मकवानपुरका संयोजक कवि निमेष निखिलले शुभकामना मन्तव्य राख्दै
मुक्तक गहकिलो विद्या भएको र बिन्दुमा सिन्धु अटाउने अनुभूति ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

मुक्तक मञ्च मकवानपुरका सल्लाहकार विश्व नाथ सन्जेलले शुभकामना मन्तव्य राख्नु भएको थियो र सम्पूर्ण साहित्यकारहरूको तर्फबाट कवि मुना अर्यालले सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय साहित्य सङ्घ संस्थाहरूका पदाधिकारीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । यो विशेष कार्यक्रमलाई सहसचिव अमृता लामिछानेले सहजीकरण गर्नुभएको थियो ।