प्रोगेसिभ एजुकेसनल फोरम चावहिलको आयोजनामा स्थापनाको सोह्रौँ वार्षिकोत्सवका अवसरमा फोरममा आबद्धता जनाएका दश संस्थागत विद्यालयहरुको संयुक्त कार्यक्रम गरी शुक्रवार राष्ट्रिय नाचघर जमलमा भव्य रुपमा मनाएको छ । कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठलाई १५ हजार नगद राशिसहित दोसल्ला ओढाएर अभिनन्दन-पत्र सहित सम्मानित गरिएको छ ।
साथै, उक्त अवसरमा फोरमभित्रका विद्यालयमा लामो समयदेखि अध्यापन गरेका शिक्षक/शिक्षिका तथा कार्यरत कर्मचारीहरूलाई दीर्घसेवा पदकले सम्मान गरिनुका साथै विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।
प्रोगेसिभ एजुकेसनल फोरमका अध्यक्ष कवि, साहित्यकार, महाकाव्यकार एवं ज्ञानद्वीप शिक्षा सदनकी प्राचार्य सीता भट्टराईको सभापतित्व तथा गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यता तथा काठमाडाैँ महानगरपालिका शिक्षा विभागका श्राेत व्यक्ति यमनाथ चौलागाईंको विशेष आतिथ्यताका साथै गायन तथा नृत्य प्रतियोगिता अन्तर्गतका मूल्याङ्कनकर्ताका रुपमा रेखा कटुवाल श्रेष्ठ, सुशीला थापा, विपिन घिमिरे, शीला बिष्ट तथा सांस्कृतिक संस्थानकी अधिकृत पवित्रा पङ्गेनीका साथै काठमाडाैँ मेट्रो प्याब्सनका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ
फोरमसँग आबद्धता जनाएका थिए । विद्यालयका सञ्चालक समितिका अध्यक्षहरुका साथै शृंखला मासिकका सम्पादक प्रवीण जोशीको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने प्रोगेसिभ एजुकेसनल फोरमका उपाध्यक्ष मेहरबान सोनारद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा महान सिद्धार्थ हाईस्कूलका विद्यार्थीहरुले राष्ट्रिय गानका साथै स्वागत गीत प्रस्तुत गरेका थिए । साथैऽ अनमोल ज्योति सेकेण्डरी स्कूलका विद्यार्थीहरुद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
फोरमसँग आबद्धता जनाएका दश विद्यालयका विद्यार्थीहरुद्वारा विभिन्न जातजाती भेषभूषा र संस्कृति झल्कने नृत्यहरुको प्रतिस्पर्धाको आयोजना गरिएको उक्त कार्यक्रममा नृत्यतर्फ अनमोल ज्योति प्रथम, मोक्षदा स्कूल द्वितीय, महान सिद्धार्थ तृतीय, र क्रमशः सेन्टलरेन्स तथा न्युमोनिक विद्यालयले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी गायनतर्फ न्युमोनिक एकेडमी प्रथम, मिसन पब्लिक द्वितीय न्यूसनसाइन तृतीय तथा सेन्ट लरेन्सले सानत्वना पुरस्कार प्राप्त गरेका छन् । उक्त समयमा प्रोग्रेसिभ एजुकेसनल फोरम अन्तर्गतको न्युमोनिक विद्यालयकी पूर्व विद्यार्थी तथा नेपाल आइडल सिडन थ्रीका बिजेता सज्जा चौलागाईंले समेत आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई रोचकता प्रदान गरेकी थिइन् ।
अन्त्यमा, सभापति सीता भट्टराईद्वारा प्रोगेसिभ एजुकेसनल फोरमले आफ्नो स्थापनाको सेह्रौँ वार्षिकोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न अहोरात्र खटेर सहयोग गर्ने व्यवस्थापन समितिलगायत विजेता विद्यार्थी भाइबहिनीहरुको प्रशंसा गर्दै स्रष्टा सम्मानको पहिलो प्रयास स्वरूप वरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरिएको थियो ।
करिब सात घण्टा निरन्तर रुपमा सञ्चालित सभ्य एवं भव्य उक्त कार्यक्रमको सहजकर्ताको भूमिकामा सचिव लम्वोदर घिमिरे तथा भीमबहादुर शाही रहेका थिए ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
प्रोग्रेसिभ एजुकेसनल फोरमद्वारा विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता सम्पन्न
२२ कार्तिक २०८२, शनिबार 






