राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले ‘कविता महोत्सव – २०२३’ आयोजना गर्ने भएको छ । आगामि सेप्टेम्वर २३ अर्थात् असोज ६ शनिबार कविता महोत्सव हुनेभएकाे हाे ।

याे महोत्सव अनेसास कविता महोत्सवको तेस्रो संस्करण हो ।

महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर १५ ( भदौ २९) भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्नेछन् ।

विश्वका कुनै पनि मुलुकमा रहेर नेपाली भाषामा सिर्जनारत सर्जकले सहभागिता जनाउन सक्ने यस महोत्सवमा पुरस्कृत कविलाई नगदसहित सम्मान-पत्र समर्पण गरिनेछ । प्रतियोगितामा प्रथम हुने एकजना कविलाई अमेरिकी डलर ५ सय, द्वितीय हुने एकजना कविलाई ३ सय र तृतीय हुने ३ जना कविलाई २- २ सय नगद प्रदान गरिने छ ।

नियमहरूः

१. कविता नितान्त मौलिक/अप्रकाशित /अप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।

२. एक जनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।

३. कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।

४.  प्राप्त भएका कविताहरूबाट वाचनका लागि छनोट गरिने छ ।

५. म्याद नाघी आएका कविता महोत्सवमा समावेश गरिने छैन ।

६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर १५ , २०२३

कविता पठाउने ईमेलः inls.poemcontest2023@gmail.com