साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई जीवन र जगत्को परामर्थ सत्यको खोजमा लिप्त, ताओ धर्म र महायानी बुद्ध धर्मका ज्ञाता सुय्मोकृतका उत्कृष्ट कथाहरूको अनूदित कृति “सिनचियाङ बुढो”  प्राप्त भएकाे छ ।

 

सिनचियाङ बुढाे १७ अन्तर्राष्ट्रिय भाषामा अनूदित भइसकेको पुस्तकलाई तीन दर्जनभन्दा बढी आख्यान, गैर-आख्यान, अनुवाद-कृति प्रकाशित गरिसकेका समसामयिक लेखक मल्ल के. सुन्दरले नेपाली अनुवाद गरेका हुन् ।

यसमा ‘सिनचियाङ बुढो’,‘सुन्दरता’, ‘त्यो रात’ र ‘मरुस्थलमा दुई महिला’ गरी चारवटा लामा आख्यान छन् । पुस्तकले चिनियाँ जनताको गहन बौद्धिक चेतनालाई प्रतिनिधित्व गर्छ । जीवन्त शब्दमा उतारिएका चीनको चरित्रित यी जीवन्त कथाहरूले पाठकलाई बाँधिराख्छन् ।

पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “उत्तर-पश्चिमी चीनको मरूस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहीँको सामाजिक जीवन, संस्कृति र भोगाइलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् । चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिँदै लेखिएका उनका कथाहरूमा सामान्य मानिसको जीवनको सूक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ ।”

२ सय पृष्ठमा फैलिएको, बुक-हिल पब्लिकेसन प्रा.लि.ले बजारमा ल्याएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।